Thursday, December 13, 2012

दिर्घायु कामना- !


neeta kc
खबर सुन्दा तिम्रो बिरामीको
पीडै पीडाले पिल्सिन थाले
मुहार देख्दा तिम्रो तस्बिरको
जली जली एक्लै मर्न थाले

हजारौ अप्रिय घटनाक्रमहरु
सल्बलाउन थाले मस्तिस्कमा
हजारौ हजार मायालु भाबहरु
पलाउन थाले मुटुको मझेरीमा

गर्दैछु प्रार्थना हरेक स्वासमा
तिम्रो सुस्वास्थको लागि
गर्दैछु बन्दना हरेक मुर्तिमा
तिम्रो दिर्घायुको लागि

खुसी होऊ तिमी, रित्तिएर दिन्छु,
मेरा जिबन्त खुसीहरू
मुस्कुराउ तिमी, सिद्धिएर दिन्छु,
मेरा हरेक पुण्यहरु

दिएर आयु आफ्नो
तिम्रो दिर्घायु कामना गर्दछु
छरेर मुस्कान आफ्नो
तिम्रो सम्पूर्ण पीडा बोक्दछु - !!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु