Thursday, December 13, 2012

सजाउछु आँखाको नानिमा

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

सजाउछु आँखाको नानिमा
लोभिए आज जोवनिमा

मुस्कानले ज्यानै मार्दै
फसायौ तिम्रो बानिमा

मातै मिठो पिरतिको
हराए मायाको खानिमा

तिर्खामेट्ने तिमि हुदा
के स्वाद त्यो पानिमा

मागेकोत दिन्छु भन्छ्यौ
भुलायौ फेरि कहानीमा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु