Thursday, December 13, 2012

धुप भयो जीन्दगी


गजल
लास माथि सल्काएको, धुप भयो जीन्दगी।
दुनियाँले थुके पछी, चुप भयो जीन्दगी।

तिमीलाई आफ्नो सम्झी, छाती भित्र लुकाउँदा,
कालो मैलो पोतिएको, रूप भयो जीन्दगी।

मिठो मायाँ बनाको थें, तिमीलाई खुवाउन,
तर आज वेस्वादको, सुप भयो जीन्दगी।

गरीबको छोरालाई, मायाँ जाल्मा पारी दिँदा,
एकोहोरो मायाँ गरी, बेकुप भयो जीन्दगी।

तिम्ले साथ छोडेपछी, गाँउ जली घर ढल्दा,
खाडीको यो मुलूकमा, छाप्-छुप भयो जीन्दगी।

@रोशन खड्का -शहरे दोलखा।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु