Thursday, December 13, 2012

रहर होईन..


गजल--आचार्य प्रभा
बिआरटि नेपाल 2012-11-11 00:00:00

भत्किएको छतमुनी बस्ने रहर होईन
दुर्गन्धको नालिमा फँस्ने रहर होइेन

नियतिले जे अर्हायो,गर्ने मान्छे हुँ
इेमानको पर्खालबाट खस्ने रहर होइेन

जस्ले स्वार्थ पूर्ती गर्छ, नै बद्नाम् बन्छ
दुर्नामको टिको पनि घस्ने रहर होइेन

कुर्सी मोह,पदमोह छैन मनमा केही
बिष छरी साँप जस्तै डस्ने रहर होइेन

सेवाभाव साहित्यमा जन्मै बोकी आएँ
लेखनमा कालो टिका धस्ने रहर होइेन 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु