Thursday, December 13, 2012

मगिन उनले..


पिरतीका मिठा मिठा कुरा मगिन उनले|
लास्साडोरी सिन्दुर पोते चुरा मागिन उनले

जिन्दगीका यात्राहरु सँग सँगै गरौ भन्दै ,
पती भन्ने अधिकार पुरा मागिन उनले

तिमी बाबा, आमा बन्नु पर्छ काले भन्दै,
काखमा खेल्ने -साना भुरा मगिन उनले

यदी हुन्न भन्छौ भने पराइको बन्छौ भने,
बरु जिउदै मार भन्दै छुरा मागिन उनले|

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु