Thursday, December 13, 2012

हतारिदै आउने ..

Surendra Poudel Astafal

हतारिदै आउने त्यो हुरी थियो ,
हरपल रूवाउने दूरी थियो

तिम्रो अनुहार पढेर यत्ति रोएँ ,
रूनैपर्ने सत्य त्यो मजबुरी थियो

हारेपछि मात्रै तिमीले जित्यौ ,
शायद यहि अन्तिम मञ्जुरी थियो

पर्खेरबसेँ सँम्झनाको दीयो बाली ,
फर्केर आउने त्यो निष्ठुरी थियो

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु