Thursday, December 13, 2012

गीत


- सुचित्रा खनिया

माया के हो ? जिन्दगीमा मैले तिमीसंग सिकें
बिर्सिएर पीडा  सबै नौलो  खुसी उमंग  भेटें

चोट,पीडा ,तड्पाइमा मर्दै मर्दै बाँचेकी थें
जती थिए आशा इच्छा आँशुसँग साटेकी थें
यस्तै रैछ माया भन्नु यस्को अनेक रंग देखें
बिर्सिएर पीडा सबै नौलो खुसी उमंग भेटें

देउता सरी पुजी रहूँ लाग्छ अब तिमीलाई
यस्तै साथ पाई रहुं संधै जूनी जूनीलाई
छुटेका ति पलहरु आज तिमी संग मेटें
बिर्सिएर पीडा सबै नौलो खुसी उमंग भेटें

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु