Thursday, December 13, 2012

गजल 'गरुवाली तारा '


बाहुमा हाली प्रियतम  भन्दै  कस्ने पो होकी ?
कथामा जस्तै जून तारा बन्दै खस्ने पो  होकी ?

हेर्दै बाटो प्रतिक्षा गर्दै  गुजारे धेरै पल
अंगालो मारी अधर चुम्दै बस्ने पो होकि ?

खोली पो दिन्छु बन्चित ढोका बेहोशी भएर
लुकेर हेर्ने आँखी झ्याल तोड्दै पस्ने पो होकी ?

नागीन देखी तक्षक नाग मोहनी लागे झैँ
बाटीदै दाम्लो जहाँ सुकै ठुन्ग्दै डस्ने पो होकी ?

जवानी बरै उर्लेर आयो थामिन्न  थामेर
माछो नै भई कुमारी तालमा फस्ने पो होकी ?
*************गरुवाली तारा'*****

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु