Thursday, December 13, 2012

पीडा बेग्लै छ..


Ganga poudel
सम्झेर तिमीलाई रुनुको पीडा बेग्लै /
बाध्यता सगै टाढा हुनुको पीडा बेग्लै //

जलेको मुटु बोकी यो छातीको माझ फेरी,
आफैले हात राखी छुनुको पीडा बेग्लै //

फुकाई छाती पार्न पाईन प्रफुल्ल मन,
दु: साच्नु पर्ने यो कुनुको पीडा बेग्लै //

निचोरी आफ्नै घाउ दुखेर रुदै हुँदा ,
नुनिलो आँसुले मुख धुनुको पीडा बेग्लै //

विवेक शुन्य भइ चकमन्न हुँदा प्राण,
रोके जस्तो लाग्ने यो मुनुको पीडा बेग्लै /

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु