Thursday, December 13, 2012

धेरै चोटि खोजे ...


अज्ञात पाल्पाली


धेरै चोटि खोजे मैले ती नजरमा डुल्नलाई
सुनेको छु गार्हो रे त्यो दिलमा फुल्नलाई

रक्तकण हरू बनी मिसिए छु रगतमा 
देखिदैन नसा भित्र घुलेको छु घुल्नलाई

खोजेको हुँ मैले पनि फाँट भरी झुल्न भनी
कति मज्जा हुन्थ्यो होला पाए देखि झुल्नलाई

पानी परी सके पछी देखिने त्यो आकाश झैं
रहर मलाई नि त्यसरी नै खुल्नलाई

नबिर्सनु तिम्ले पनि बिर्सन्न मैले पनि
पाप लाग्छ यदि तिम्ले खोज्यौ भने भुल्नलाई 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु