Thursday, December 13, 2012

(संयुक्त गजल)


"आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो 
भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो" रामकृष्ण पौडेल अनयास

आँखा भरी हिमचुली नितान्त एक मेरो कथा..
बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो..!'' लक्ष्मण 'मिलन' विष्ट''

प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री भन्नु भन्दा ;
सबैलाई भष्ट्र भनी टाँसेको भए हुन्थ्यो ''Yagya Prasad Giri''

किन सधै छुरा भाला रोपिन्छ यो घरमा
थोरै स्नेह पनि कहिँ पालेको भए हुन्थ्यो ''Khakendra Saud Samarpan''

रोयौ होला आमा धेरै, छोरा छोरी को मानि पिर
पृथ्बी का भारलाई नजन्माई तिमी,हाँसेको भयहुन्थ्यो ''Manju Tiwari''

अति भयो है अब आमा सोचेर याँहा फेरी पनि
गुँणवान एक जन्माई यीनलाई नासेको भए हुन्थ्यो! ;;Shailendra Thapa ''

Risrag birsiyera santaanharule pani,
premko mala ekapashma gaseko bhaye huntheyo ''Sapana Khanal'

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु