Thursday, December 13, 2012

'साथी'

Neeta Kc

मुटु भरि तीर सहने चाह हुन्न कसैको
छाती भरि पीर सहने चाह हुन्न कसैको
डढेकी छु भित्र भित्रै खरानी कही देखिन्न
मरेकी छु पल पल लाश झैँ देखिन्न
अधुरो 'नाम' दियौ सम्बोधन फगत
अपुरो 'माया' दियौ सम्बन्ध फगत 'साथी'
तैपनि अटुट नाता, धरती आकाश जति
तैपनि अथाह माया, स्वास जीवन जति - !!!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु