Thursday, December 13, 2012

रित्तो के भयो र


बचनैमा धार हुन्छ, दाप रित्तो के भयो !
संगालेर राख्नु प्रित आँङ रित्तो के भयो !

जानेहरु हाँसी जाउँन्,प्राप्ति चाँह राख्दिन
बिछोडमा त्याग भए साथ रित्तो के भयो !

दुख्दीन टुट्दिन ,हुँ पहाड फूट्दिन
सुनामीनै ल्याउँ भन?भाग रित्तो के भयो ?

भोगाईका पिडा देउ,रित्तो मन भरि दिन्छु
रोइदिन्छु तिमि संगै खास रित्तो के भयो !

साँच्या'थ्यौ ज्यान मलाई,अन्तै भो?खबर दिनु!
बिदाइमा बिष छोड्नु काल रित्तो के भयो  

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु