Thursday, December 13, 2012

हो कि जस्तो छ..



Suman raj  Shrestha
कुराले भगवान हो कि जस्तो
व्यवहार हेर्दा मसान हो कि जस्तो

धेरै अघि उसको घरमा चोर पसेथ्यो रे
चोरिएको उस्कै इमान हो कि जस्तो

केही पागलहरूले लेख्छुलेख्छु भन्छ
सायद त्यो संविधान हो कि जस्तो

उधारो कारोबारले डुब्न लागेको
देश एउटा दोकान हो कि जस्तो

राष्ट्रियता खोजी गर्नु पर्यो भने अब
पुग्नुपर्ने हिन्दुस्तान हो कि जस्तो  

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु