Thursday, December 13, 2012

देखाउन सकौं संसारमा..


Acharya  prabha 

देखाउन सकौं संसारमा सबले सद्भाव सदाचार
पाउन सकौं मनुष्य चोला हर जन्म लगातार

मरेर आखिर लानु नै के ? खालि हात शिवाय
असफल जूनी पाउन मात्र भयो के आधार ?

संघर्ष सबले गर्न नै पर्छ सफलता पाउन
बाढी नै आइे बगाउन खोज्ला तर्नैपर्छ जँघार

मिलापी बनी बाँचेर आज हँसाउन समाज
बनेर शत्रु कसैलाई पनि नगरोस प्रहार

जीवन भन्ने पशुले पनि पाएकोछ लौ हेर
ती जिव मध्ये मानिस है सर्वश्रेष्ठ प्रकार

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु