Thursday, December 13, 2012

प्रदेशको जमिन दिन

प्रजित कुवँर एकल यात्री
थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला..

प्रदेशको जमिन दिन ढाल्नै गाह्रो
स्वदेशमा महङ्गी छाक टाल्नै गाह्रो

महङ्गीले आकाश छोयो गर्ने के..
घर परिवार जिबन सम्हाल्नै गाह्रो

दिनरात नभनी काम गर्यौ मरिमरी..
बच्दैन केही भोको पेट पाल्नै गाह्रो

अझ समयमा तलब दिन्न निर्दयीले..
अबुझ साउको मन पगाल्नै गाह्रो

रातदिन नभनी पशीन बगायो तर..
घर भने चुल्होमा आगो बाल्नै गाह्रो

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु