Thursday, December 13, 2012

पवित्र प्रेमी


By~Bimal Raj

मेरी प्रिया "मेरै"लागी दुबो माला उन्दै होलिन
माला सितै माला रुपी रहर पनि उन्दै होलिन

सताउँदो हो उन्लाई पनि चाहनाले भित्र-भित्रै
यौवनको भेल चल्दा बल-जफती थुन्दै होलिन

कहिले सरम कहिले गरम सम्झँदा मात्रै पनि
कल्पनामा कस्ता-कस्ता कुराहरु गुन्दै होलिन

मन पर्ने हजार-हजार तर एउटै सित घरबार
यस्तै होस् दिलको राजा भनेर चुन्दै होलिन

सार्थक हुन्छ सोँच्दै होलिन प्रेम उनको "पवित्र"
"प्रेमी" सितै भविष्यको योजना बुन्दै होलिन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु