Wednesday, August 29, 2012

सयपत्री फुल्दै होलान


आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तीज अव
के कसरी मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान

पोहर साल त्यस्तै भयो अर्को चोटि आउँछु भन्थे
यसपाली आमा बैनी मेरै बाटो कुर्दै होलान

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु