Wednesday, August 29, 2012

चोटै चोटको संसारमा

चोटै चोटको संसारमा मुटु दुखाएर
केवल मृत्युको पर्खाइमा मेरा
आँखाले खोजेको मुक्ति खै कहाँ ?
सोध्छु कहीँबाट उत्तर आउदैन !
फेरि कल्पना गर्न बिवश छु
यो संसारबाट आत्मले मुक्ति दिएपछि
फेरि ज्युउने संसार यो संकृण सोचाईले
ग्रसित संसारको फरक कति होला ?
एक्कासि सासको गतिले बेग हान्छ
मुटुले बस्ने ठाउँनै अन्तै बाटो मोड्न खोज्छ
अब ढुंक्क हुन्छु यो रोगी संसार छाड्ने भए
तर खै! आजसम्म पनि प्रयास जारी
बरु भन्दा यहि रोगी संसार नै अघि लाग्ने भो,
यसको कोही छैन बचाउने आफन्त।
पाए लुछाचुडी गलामा भिरेको साँचो अनि,
पटुकिमा बाँधेको पोको फुकाउन तयार छन्
तर मलाई वरिपरिबाट सेतो कोट लगाएका
हातमा अक्सिजन बोकी बसेका महान मानव
सासको पहरेदार बनेका छन,
असफल भयो मेरो मृत्यु,
मृत्युपछिको संसार दे सपना
सफल भयो केवल यो रोगी संसारको

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु