Wednesday, August 29, 2012

लाजको तिम्रो


लाजको तिम्रो गहनालाई किन राख्छ्यौँ लुकाएर
कति चढ्यो बैँश अब हेर्छु चोली फुकाएर

भरिएको यौवनमा बैँश आज चढ्दा खेरी
यो उमेरमा लाग्ने प्यास, बस्छ्यौ कति सुकाएर

फलेको फल बाँड्नुपर्छ झर्छ जोवन डल्दै जाँदा
हिड्नु पर्ला फेरी पछि नजर तिम्ले झुकाएर

रहरहरू भित्र-भित्रै जति ईच्छा भए पनि
मुखले अझै बोल्दीनौ रे फाल्छौँ मौका चुकाएर

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु