Wednesday, August 29, 2012

संबिधान त बनाऊ


अब भेट नहुने भो संबिधानको मितिसित
मियो बिनाको यो देशमा के बन्ला थितिसित

कानून बन्ला नेपालमा अनि मुक्ति पाउँछु भन्दै
पर्खिबस्दा नेताहरू खेलवाड गर्छन् नीतिसित

दाहिने देब्रे सबै तिम्रो बाल देशको चिता बरु
अन्तिम संस्कार गरिदेऊ रिवाज अनि रीतिसित

कुर्ची भत्ता अनि सत्ता पाए के चाहियो अब
यिन्लाई चैन नेपाली नै लडे परिस्थितिसित

सिउँदो कोख उजाड गरे, संबिधान बनाऊ भन्दै
रुँदै हेर्छिन आमा मेरी नेताको स्थितिसित

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु