Wednesday, August 29, 2012

भाग्यमानी रैछौ


भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे

डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे

वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे

मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु