Wednesday, August 29, 2012

जिन्दगीको रीत रै छ


आँसु हाँसो मिलन बिछोड जिन्दगीको रीत रै
माया प्रेम छरी जाने बिहानीको शीत रै

मन भएर के गर्नु खै धनकै ठुलो चर्चा यहाँ
साँचो मुटु दिनेभन्दा किन्नेको नै जीत रै

हुनेले मेटाउलान जवानीको भोक तिर्खा
नहुनेलाई रंगमञ्चमै नचाउने धीत रै

कतिन्जेल टिक्ला खै जालझेलको खेल यहाँ
योभन्दा मदिरामै डुब्नु ठुलो हित रै

संसार सारा भुलाउने शराबको नशा बरू
सुरबिनाको संगीत तालमा रमाउने गीत रै

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु