Wednesday, August 29, 2012

बुद्ध

विश्वको शिर सगरमाथा ढल्दै रे बुद्ध
चन्द्र सूर्य सिङ्गो नेपाल जल्दै रे बुद्ध

पुर्व सीता रुदै छन् रे, भारतले आगो झोस्दा
होस् गर तिम्रो घर नि बल्दै रे बुद्ध

सोझा जन्ता भड्काएर सत्ता खाने निहुँले आखिर
देशमा गृह युद्ध फेरि, चल्दै रे बुद्ध

अनेक लोभ जालझेलको राजनीतिमा फेरि
संबिधानले यो चौधलाई छल्दै रे बुद्ध

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु