Wednesday, August 29, 2012

सपनीमा आज


सपनीमा आज आफ्नै मलामीको लाम देखेँ
बाहिर मेरो नाम अनि बाँधेको एक खाम देखेँ

कता कस्लाई के हुने हो तिमी नै छौ हे प्रभु
ढाकिएको चितामाथि मेरै लास तमाम देखेँ

केनै बाँकी अब भाग्यले नै ठगेपछि
कालो बादल पूर्वतिर डुब्न ला'को घाम देखेँ

बास बस्ने झुप्रो अनि जीवन काट्ने उनी थिइन्
माला ला'को फ्रेमभित्र फोटो मेरै नाम देखेँ 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु