Wednesday, August 29, 2012

गद्य कविता


पर्खी ! एकछिन् कता डोर्याउँछस् कलम
अनि मेरा भावना कल्पना प्रष्टसँग
छताछुल्ल,पर्दाफास गर्न अविरल दौडिरहेको
लक्ष्य बिहीन यात्रा कहाँ टुङ्गाउने हो
आफै अन्योल छु
सारा जन्तालाई झुक्याएर नेताको
आँङ आँतको प्यासलाई मेटाएर पुगेन तलाई ?
मेरो आँसु ह्रदयमा भरिएको पीडा ब्यथालाई
कपिमा रङको होली खेल्न
मेरै घरमा धाउछस् !
जा कलम छिट्टै जा मुक्ति
दे सारा नेपालीलाई
बसिदे नेताको हातमा
लेखिदे चार अक्षर

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु