Wednesday, August 29, 2012

म हरेक बिहान


  हरेक बिहान उही शब्दको खोजीमा
प्रत्येक झुपडी चहारी रहेको छु,
सोध्न खोज्छु एक बुदी आमा आँसुको
समुद्र थुन्दै भन्छिन्,
खोज तिमी मेरो अन्तिम चितासम्म पनि पर्खिरहने छु ;
मेरा पाईला थाकिसकेका छन्
हरेक मान्छेको मुहार मलिन
पर्खिरहेका छन फेरि भोलिको बिहान
निरन्तर खोजिरहेको छु
साथमा लिएको कलम पनि खिया लागिसक्यो
गलिसके हात जसमा कलम कागजको टुक्रा थियो
त्यही जमिसक्यो मसि धमिराको आहारा बनिसक्यो
त्यो टुक्रा कागज,
जसमा खोजिरहेको शब्द भेटी कैद गर्न चाहन्थे
अब खै कहाँ ?
अहिलेसम्म ती बुढी आमाको पनि
सास अन्तिम नै भयो होला
अनि सल्काउदै होलान चिता
खोजिरहेछु शब्द
जस्ले यस्ता हरेक मृत्यु रोक्ने

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु