Wednesday, August 29, 2012

देखेँ


सपनीमा कालो काग कराएको देखेँ
चिताबाट आफ्नै लास हराएको देखेँ

मडारिँदै कालो बादल, सगरमाथा ढल्दा अनि
बुद्धलाई लाको घाउ चराएको देखेँ

अशान्तिको बिगुल आज चारैतिर फैलाउदा
नेपाल आमा एकाएक डराएको देखेँ

जन्ता जन्ता भिडाएर नेता मोज गर्दा खेरि
भारतले झन्डा यहाँ, फराएको देखेँ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु