Wednesday, August 29, 2012

शान्ति अनि संबिधान

शान्ति अनि संबिधान नबनाउने भए आज
जे गरे नि भा' यिन्ले, जनताले सहे आज

खिचातानी तँछाड मछाड आफ्नै झोली भर्न मस्त
लात हान्ने नेपाललाई, भ्रष्ट मात्र रहे आज

हत्या हिंसा आतंक कुर्चीकै खेल देशमा
सीता रोईन् बुद्ध भागे, लखेटेरै गए आज

कति बलिदान दिए गरिब जन्ता निमुखाले
सन्तान खोस्यौ भाग्य लुट्यौ भन्दै दुःख कहे आज

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु