Wednesday, August 29, 2012

ओठमा मुस्कान


मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्
तस्विर हेरी आँसु पोख्दै घुक्क घुक्क गर्दै होलिन्

विछोडको वियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउदा मलाई हेर्न बेसि तिर झर्दै होलिन्

कहिले आउँछ आनन्दको दुई छाक खाउला भन्दै
भोक भोकै आधी पेटमा काम गरी मर्दै होलिन्

एक गास खान अनि ओत बस्ने खोजि गर्न
त्यो बर्खामा बास वस्न कतातिर सर्दै होलिन्

यो दुःखीको संसारमा ईश्वरको बास भए
विश्वासमा रित्तो घडा आउँछ भनि भर्दै होलिन् 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु