Thursday, November 1, 2012

न खोज भो !


दोष जती मेरो सिरमा चुलाउन खोज भो!
गाँठीकुरो खोले हुन्छ झुलाउन खोज भो!

देखाएर सप्नाहरू जीवनको फूल फूलाउने!
काँडा यता अन्तै फूल फूलाउन खोज भो!
...

मीठा मीठा बात संगै रात सधै हाम्रो हुन्थ्यो!
खुसी हरू पीड़ा माझ ,घुलाउन खोज भो!

कति दिन टिक्छ वैस ?झरेपछि थाहा हुन्छ!
अघि-पछि हजारौंलाई डूलाउन खोज भो!

तिमी बिना सक्दिन सजिलै मर्न पनी!
दरिलै थे हात गोडा ,,लूलाउन खोज भो!

कृष्ण मानव खड्का
सानोश्री बर्दिया

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु