Thursday, November 1, 2012

दशैमा आउन पाईन आमा


गजल
गाउघर तिर यो दशैमा आउन पाईन आमा ।।
भत्कियको घरकोछाना छाउन पाईन आमा ।।
...
आफन्तजन आगनिमा जमरा टिका थापि
निधार मा जमरा टिका लाउन पाईन आमा ।।

दाजुभाई दिदि बहिनि यसपालिनि सँगै।
भक्तबनि मठमन्दिरमा धाउन पाईन आमा ।।

कठैबरा नखेलेको देउसि भैलो धेरै भयो
देउसिखेलि भजन कृर्तन गाउन पाईन आमा ।।

गाउघर तिर यो दशैमा आउन अईन आमा ।।
भत्कियको घरकोछाना छाउन पाईन आमा ।।

मोहन रावल अनमोल "अस्तु"
बान्नातोलि पाचँ (अछाम)
हाल बिरानो शहर मुम्बई

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु