Thursday, November 1, 2012

भैलोमा...

रामकृष्ण पौडेल "अनयास"
नबस बैनि टिका माला लिएर दैलोमा
आउदिन यो साल रमाउनु गाउँमा गएर भैलोमा

दशैँ तिहार त्यो गाउँमा रमाउदै खादाहुन
बिदेशमा भन्दा आनन्द बरु त्यै धुलो मैलोमा

दुःख सुख साथिभाई छाडे भाग्य बिग्रिएर
लोभले तान्दा ल्याउछु पैसा भन्दथे थैलोमा

नबस बैनि टिका माला लिएर दैलोमा
आउदिन यो साल रमाउनु गाउँमा गएर भैलोमा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु