Thursday, November 1, 2012

ब्लाकबोर्ड ,चक र डस्टर


लघुकथा
लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु  ब्लाकबोर्डमा लेख्दालेख्दै आंैलाहरू चक भइसक्छ हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ

यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ यो संसारलमई मधुर, रमणीय भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ हिउँ पग्लिदै जान्छ तर हिमालमा  हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन हिउँले पग्लेर पानी हुनै पर्छ जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् कसले कल्पना गर्न सक्छकेहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो चकको टुक्रालाई फ्याँक्छ तर उसलाइृ लाग्छ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको चक उसले आफ्नै जीवनको तुलना गर्न खोज्छकेही समानताहरू भएको महसुस गर्छ चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ठम्याउन सक्दैन भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ ब्लाकबोर्डमा  उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक डस्टर ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको ?कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ बगैचामा माली लगनसित पूmलका बोटहरूलाई स्याहारिरहेको , गोडिरहेको पूm सबैलाई प्यारो , तर पूmलसित गाँसिएको गरिब मालीको श्रम पसिना पूmलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि पूmलको बास्नामा मालीको पसिनाको गन्धआयो भने मानिसहरूलाई पूm राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड आवाज बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको  विजय फेरि पढाउन थाल्छ, पढाउन लाग्दा  उसलाई अनुभव हुन्छ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो  विचारधारामा हिडाउने प्रयत्नमा  भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलार्इृ ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला श्रेणीमा उभिएको हुन्छ उसको हातमा चक डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौ कोस टाढा हुन्छ ।ँमलाई सरलाको जस्तै फ्रक , बुबा ” “मलाई नीलो प्यान्ट
त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि

फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू सीमित निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार

ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ—  मानौं त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको , भटभटाउनु  बरबराउनु बौलाहाझैँ बरबराइरहेको झरनाझैँ आफैले बोलेको  आफै बुझ्न सक्तैन कि झैँ गरेर हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ सतर्क हुन्छ साँच्चै बौलाहा  रहेको छैन आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा

बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि आपूmलाई तन्नेरी अनुभव गर्न पुग्छ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, भने अझै बिद्यर्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछकति अकासिएका उसका आकाङ्क्षाहरू थिए मुटु च्वास्स दुख्छ तर अब मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ झ्यालबाट बाहिर हेर्छ, आकाश धुम्मिएको पानी पर्ने सम्भावना आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, उनीहरूको भविष्य निर्माण गरिरहेको , ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार , अन्यथा उसले बुझेको कुनै प्रयोजन छैनउसलाई यो राम्ररी थाहा कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् घन्टी बज्छ सधैंझैँ चक हाजिरकापी हातमा चयापेर श्रेणीबाट बाहिर निस्कन्छ उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको पानी खान्छ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ पानी पर्ने सम्भावना तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् आफ्नो शरीर हेर्छ, केही खराबी छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो , टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो ! सम्झन्छ फ्रक, पेन्ट औषधी, गोजी छाम्छ रित्तो , उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको एउटा हाँसो उठ्दो कार्टुन हो वा सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको , जसलाई देख्दा जो पनि हाँस्छ, ब्लाकबोर्ड, चक डस्टर...मानिसहरूको कठोर आँखाबाट लुक्न अझ छिटोछिटो लम्कन्छ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु