Thursday, November 1, 2012

कुनै रंग छैन


गजल:---
नभन जिन्दगीको  कुनै रंग छैन
यो जीवन रंगाउने हाम्रै ढङ्ग छैन।।

सधैभरी तनाब अस्त ब्यस्त मात्र
खुशीसंग बाच्ने कला हामीसंग छैन।।

मान्नु पर्छ आँशु पनि जीवनकै पाटो
हाँसो मात्र पाए पनि  मन दङ्ग छैन।।

के छैन हामीसंग टिप्न सक्नु पर्छ
अँजुलीमा खुशी फूल्दा खै उमङ्ग छैन।।

रीस,राग, दम्भ अनि हठ छाडेपछी
आपसमा लड्नु पर्ने कुनै जङ्ग छैन।।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु