Thursday, November 1, 2012

ठानेको छु ।


गजल
बिआरटि नेपाल
सबैलाई मैले आफुजस्तै ठानेको छु
फुलाई पनि मैले साझा मानेको छु

ढटेछले माथि माथि जान पाईन्छ रे
सन्चो बोली धरतिमै बस्न जानेको छु
 
तिम्रो गन्तब्य मा ठुलो भिर देखेपछी,
 तिमीलाई मैले आफुतिरै तानेको छु,
  
  देश जब भगवान्डा, अन्शबन्डा लाग्यो,
मैले भने आमालाई मात्र छानेको छु
  
नाङो रुखमुनी यहाँ बसेका छन सबै,
फल खान मैले पनि ढुङ्गा हानेको छु
  
फ्याकेपछी इश्वरिय महिमाको पोको,
मान्छे जस्तो मनु; को नै बिडो धानेको छु

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु