Thursday, November 1, 2012

आधा रातमा पनि


गजल
लेखी रहे चिठि आधा रातमा पनि
कोरी रहे तिम्रो नाम हातमा पनि

मन मुटु एउटै थियो रगत पनि रातै
टाढी दियौ देखाइ खोट जातमा पनि

तिमी भयौ टाढा लिए नसाको साहारा
तिम्रो रुप मात्रै देखिने मातमा पनि

साथीभाइ भन्ने गर्छन् पागल भैइस्
तिम्रो नाम लिदो रैछु बातमा पनि

कस्तो चोट दियौ नि बुज्नै गाह्रो भो
माया पाए तिम्रो विश्वाशघातमा पनि 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु