Thursday, November 1, 2012

गोर्खालीका हीत हरु.


< गजल
अतित लिङ्देन ( सुब्बा )

चिनेकै संसारले गोर्खालीका हीत हरु
मेट्ने छैन इतिहास सहिदका जीत हरु ।।

अमरछ हामी सामु कथा अनि कविता त्यो।
भुल्नु हुन्न हामी कैले देश भक्ति गीत हरु।। 

सजिएर सान देउ ढाका टोपी चौबन्दीको
आफ्नै छन् परम्परा संस्कृती रीत हरु ।।

एउटै नाता हाम्रो  हिमाल तराईको
छुट्ने छैन कैले पनि , अजम्बरी मीत हरु ।।

आँखा बाट झरे आँशु थापी देउ अन्जुलीमा।
छल्किएर पोखी जाला बिहानीको शीत हरु।।

अतित लिङ्देन ( सुब्बा )
झापा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु