Thursday, November 1, 2012

आओस दशैँ



बाटो झोढेर , आओस दशैँ
माटो गोडेर , आओस दशैँ

सबैको घरमा,समान रुपले
आँटो जोडेर , आओस दशैँ

...
बन्धु बान्धवी, बिचको अब
फाटो तोडेर , आओस दशैँ

धनि गरिब,दुई अन्तरको
पाटो फोडेर , आओस दशैँ

बिधुवा सिउँदो, रंगाई दिन
टाटो ओढेर , आओस दशैँ

बलात्कार हिंसा,डर त्रासको
सन्नाटो छोडेर,आओस दशैँ

╰☆╮Raja╰☆╮
<>लेटांग मोरंग

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु