Thursday, November 1, 2012

थाहा छैन मनको ..


थाहा छैन मनको आगो दनदनी जल्न थाल्यो,
यो बदन मा भुकंप गो एकाएकी ढल्न थाल्यो..

पलपल मा सम्हालिंथियो पलपलमा बरालिदै,
भर छैन जिंदगी ले हाकाहाकी छल्न थाल्यो..

सोच्छु, एसै बरालिउ कि, भित्री मनले रोक्छ फ़ेरी..
निशासिदै रोकीएको ढुकढुकि जल्न थाल्यो,,

लाग्यो होला मनमा चोट, कोई कसैले घोच्यो होला..
एक धड्कन दुई भई लुकीलुकी चल्न थाल्यो...


बिशाल पौडेल'आर जे'

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु