Sunday, December 22, 2013

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि 

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Saturday, November 9, 2013

"अभिलासी" का अभिलाषा

         
गजल
बालिका अभिलासी 

प्रिय मनको राजा तिमीलाई खास बनाउछु म
अनि मेरै प्रेमको सर्वोपरी दास बनाउछु म

म त जुन हुँ सधैं तिम्रो साथ नरहन नि सक्छु
तर चिन्ता नलेउ तिम्लाई आकाश बनाउछु म

खेल्न सक्छौ मेरो मुटुको डन्डिवियो तिमी आँफैले
तर त्यो भन्दा पहिले तिम्लाई तास बनाउछु म

पुर्व जन्ममा दिएको घात कहाँ भुलेकी छु र ?
बदलामा तिम्लाई आज ज्यूदो लास बनाउछु म

"अभिलासी" का अभिलाषा बाँकी छन तिमी प्रतिका
हेर्दै जाउ तिम्रो जीबन सत्यनास बनाउछु म

भरतपुर चितवन

Wednesday, November 6, 2013

मेरो पिउने बानी


गजल 

-आशिष दनाई 
मेरो पिउने बानी आजको हैन
देख्यौ आँखामा पानी आजको हैन

तिम्रो तस्बिरहरु जलाईसकेँ 
उ हेर त खरानी आजको हैन

तिमी त अझैपनी उस्तै रहिछ्यौ 
यस्तो आनाकानी आजको हैन

मैले बिर्सेको छैन, बिर्सने छैन 
त्यो प्रेम कहानी आजको हैन

-बेसिसहर लमजुङ

स्वतन्त्र चरीको आकास खोसियो




गजल 
स्पन्दन साईला 

हेर्दा हेर्दै रातो मधुमास खोसियो ल हेर
झुपडीको बास सहर खोसियो ल हेर

अभाबमा बाँचेर जसले पसिना बगायो
बदलामा उसैको बास खोसियो ल हेर

दु;खीहरु पो कसरि बाच्न सक्छन अब
पसिनाको मूल्य खास खोसियो ल हेर

फूल र पात हरु नाच्न छाडीसके अचेल
हो मन्द हावाको आभास खोसियो ल हेर

खोस्न अब के रहयो र बाँकि उजाड छा दुनिया
स्वतन्त्र चरीको आकास खोसियो ल हेर 

धरान

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,

गजल

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,
जाडो याममा पारीलो घाम बनेर आउँदै छु म।।

अब कोही हराउदैनन्, अब कोही मारिदैनन्,,
अपहरित सिताको राम बनेर आउँदै छु म।।

मुर्ती दिउँसो हराउँछ साँझ रुन्छ पूजारी,,
आस्तिकलाई पूजा गर्ने धाम बनेर आउँदै छु म।।

कैयौ गरीब मर्दै छन छाक टार्नै नसकेर,,
अब तिन्कै आहारालाई माम बनेर आउँदै छु म।।

दिनानुदिन बड्दै छन बिदेसिने सक्तिहरु,,
अब छिट्टै बेरोजगार्लाई काम बनेर आउँदै छु म।।

तिलक भट्टराई "अन्जान"
रामनगर १ भुमही,नवलपरासी
हाल (सिड्नी, अष्ट्रेलिया)

Sunday, October 27, 2013

शिरमा सिन्दुर छारियोस

गजल
-निर्मल पौडेल /एन .पी .घायल

मेरो लाशमा आबिर तिम्रो शिरमा सिन्दुर छारियोस एकैदिन ।
तिम्रो जन्ती अनि मेरो मलामीले बाटो भरियोस एकैदिन ।

थाकीसके घाती पिरतीमा चाहन्छु अब अन्त्यमा यो ।
सुहागमा तिम्रो कुमारीत्व घाटमा मेरो जिबन हरियोस एकैदिन ।।

म जाउला अर्कै संसार तिमि जाऊली मायाको घर ।
तिम्रो डोली मेरो लाश एकै बाटो झरियोस एकैदिन ।

दिलाऊछ याद संस्कृतिले कालो दिनको अबश्यनै ।
तिम्रो बिहेको बार्षिक उत्शब मेरो श्राद्द गरियोस एकैदिन ।।

सल्लाह सुझावको अपेक्षा राख्दछु