Monday, June 16, 2025

सुमनका शेरहरु



         

✎ गजलकार - अविरत सुमन 

 कति बाचाहरू छन् अधूरा हाम्रो, पूरा नभएको

यो कस्तो नाता तिमीसँग मेरो, कुनै नाता नभएको

केही कुरामा डुबे जस्तो, कतै हराए जस्तो

एक्लो जस्तो, म अधुरो खै के-के जस्तो

 

आधा उमेर कटेपछि, लगभग थाहा भयो

गर्नु पर्ने रहेछ कति कुरा त, नजाने जस्तो

 

बदलिनेहरू समयसँगै एकाएक बदली गए

बाँकी रहे केही यादहरू, चिने-जाने जस्तो 

 

यो पनि , थाहा छ मलाइ

तिमिलाइ फुल, काँडा छ मलाइ

 खुशी हो मेरो भागमा आधा परेको

दु : ख त, सारा को सारा छ मलाइ

 

आँखा कुन, मुटु कुन, धड्कन कुन, तिम्रो मेरो 

उही धर्ती, उही आकाश, उही जुन , तिम्रो मेरो 

 

उसले छोडेर गएको दिनदेखी , हरेक रात आज भोली

मलाइ निँदले पनी आँखा तरेर , आउँछ आँखामा

 

यस्तै हो, जिन्दगी गुज्रिरहेको जसोरी, ठिकै छ

तिमी पनि तिमी रहिनौ, म पनि छैन म जस्तो अब त

 

   प्रतिक्षा गर्नुहोस  .....

 


 

 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु