Monday, June 16, 2025

लेखराम सापकोटा



गजल

म  पत्थरहरु  जोडेर  उचाइ  दिन  चाहन्छु

त्यो दोस्रो सगरमाथा हुनेछ बताइदिन चाहन्छु

 

बालक, बृद्ध, असहाय जो जो भेटिन्छ सडक छेउ

बाटो  कटाउन  उसको हात समाइदिन चाहन्छु

 

भरिया बिसाउँदै फेरि बोक्दै देउराली पुग्छ

कुनै मोसा उसको भारी उठाइदिन चाहन्छु

 

तिमीले रोजेको बाटो गलत ठान्दैछ दुनियाँ

कसरी भनूँ तिम्रो याद मेटाइदिन चाहन्छु

 

छुट्ने बेला मनमा थुप्रै शब्दहरु त्यसै थिए

 तिनै शब्द पोको पारी जलाइदिन चाहन्छु ।

                                   लेखराम सापकोटा

 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु