Monday, June 16, 2025

कमल अर्याल

गजल

को  हुन्  ती गुरु मेरा ,दुनियाँ खोजी बस्छु

एउटै काम छ मेरो, म को हुँ  सोची बस्छु 

 

आफ्ना को  हुन् मेरा ,बस्ती  कहाँ  छ मेरो 

कहिले जवाफ मिल्ला र सवाल बोकी बस्छु 

 

 मरेर जाने शरीर   ,आत्मा अमर छ भन्छन्

अलमल पिएर साथी ,अलमल ओडी बस्छु 

 

सुनाम छाडेर गए   ,मान्छे  मरेर  बाँच्ला

इच्छा अमर हुने हो , म बुटी  घोटी बस्छु 

 

 छर्न उज्यालो ज्योति म ,सल्काऊँ कि दियालो 

सम्झेर  सलाई  यो ,जीवन  कोरी    बस्छु 

 कमल अर्याल

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु