Thursday, May 23, 2013

बुद्ध भारतलाई बेच्दैछन् /



रामकृष्ण पौडेल "अनायास"

सरकार ढाल्न सडकमा राँके जुलुस बाल्दैछन् रे
बिपक्षिदल मिल्दै आखिर शासन सत्ता ढाल्दैछन् रे ।

जुन जोगी आएपनी सबै उस्तै बस्त्र भिरि
जन्ता मारी आफ्नै झोली भोर्ने चाल चाल्दैछन् रे ।

पुर्व सिता पश्चिम बुद्ध भारतलाई बेच्दै आखिर
आफ्नो ईज्जत धोति टोपी बिदेशीलाई फाल्दैछन् रे ।

कति का काख रित्याईदिए उजाडपारे बस्ति सारा
लाज नभै गाउँ आउने अभियान थाल्दैछन् रे ।


गजलकुन्ज,भरतपुर

अलि वर सर प्रीय

अनिता साँखी

उति पर किन बस्छौ अलि वर सर प्रीय
यो जवानि तिम्रै हो जे जे गर्छौ गर प्रीय

          डुब्न देउ घाम पर्न देउ रात
रित्तै छन बोतल अनि गिलास पनि भर प्रीय

खानि पिउनि मस्ति गर्नि यहि नै हो बेला
मरी जाने जिन्दगी हो लानु के नै छर प्रीय

भरतपुरको ठिटो तिमि नवलपुरमा म छु एक्लै
कावासोति आउदा खेरी रजहरमै झर प्रीय

तस्बिर मात्रै हेर्थे संधै सपनिमा देखे हिजो
भन्दै थियो ढुक्क होउ येहि ज्यानको भर पर प्रीय



देवचुली कलेज
रजहर-१, नवलपरासी

Monday, May 20, 2013

बिताएका रातहरू

गजल

बिर्सु भन्दा याद आउछ बिताएका रातहरू
युगौ युग बाँच्छ भन्थ्यौ हामि दुईको साथहरू ।

बलेकै त ताप्छन् आगो निभेको के अर्थ छ
त्यसैले त एका एक दिन थाल्यौ घातहरू ।

जति पनि सहुँला म दुःख कष्ट परिआए
भन्ऩे हिजो तिमिनै हौ आज झिक्यौ हातहरू ।

हुर्कायौ रे सन्तान उस्को म त अझै बियोगमा छु
सुहाग आखिर तिमिनै हौ भन्दै गर्थ्यौ बातहरू ।

रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज,चितवन

Wednesday, May 15, 2013

ईज्जत ढाक्ने एकहात बस्त्र

रामकृष्ण पौडेल 'अनयास'

हामि दुईको बिचमा सानु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो ।

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो ।

भरतपुर- 13,गजलकुन्ज
चितवन

भ्रष्ट नेताहरु



गजल

नेताहरुले भत्ता पचाईरहेछन्।
पालैपालो सत्ता जमाईरहेछन् ॥

सपनामा आउने तिम्रा तस्विरहरुले।
अनयासै मलाई सताईरहेछन् ॥

सिंहदरबार भित्र भ्रष्ट नेताहरुले
नेपालीलाई मुर्ख बनाईरहेछन् ॥

बजेटको पैसा हिनामिना हुदा।
बर्सेनी टहराहरु बगाईरहेछन् ॥

सरकार अन्धो भएको हुनुपर्दछ।
निर्दोषलाई गोली चलाईरहेछन्॥

©सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन

चोक चोकमा गजल

गजल

यो सँसार सारा ,गज्जब लाग्छ यार।
उनको त्यो पारा ,गज्जब लाग्छ यार॥

जिन्दगि भर सधै छुट्टिएर बस्नुपर्ने।
नदिका किनारा ,गज्जब लाग्छ यार॥

दिनरात सधै बेकाम मा हिडदा पनि।
चलेको छ गुजारा ,गज्जब लाग्छ यार॥

हिजोआज रातमा हिड्दा जिस्क्याउछ
आकाशका तारा , गज्जब लाग्छ यार॥

चोक चोकमा गजल सुनाउदै हिडदा।
भन्छन आवारा ,गज्जब लाग्छ यार॥

©कृष्ण अबिरल
गितानगर-४,देबनगर
२०६९-११-२२..

सल्लाह सुझावको अपेक्षा राख्दछु