Sunday, December 22, 2013

पराईको सिउँदोमा हात म कसरि लान सक्छु



गजल, 

पराईको सिउँदोमा हात म कसरि लान सक्छु
नसोचहै डोली बोकी अन्तै आखिर जान सक्छु

संगै बाँच्ने संगै मर्ने बाचाकसम बिर्सिएर
सोच्न पनि सक्दिन है सबको जुठो खान सक्छु

मुटु धड्कन मैले फेर्ने हरेक स्वासमा तिमिनै छौ
के गरेर अरु संग स्वाहाग मैले मान्न सक्छु

बिस्वास गर नमान है शंका कत्ति यो मायामा
मनले दिन्न अरुलाई जिबन साथी ठान्न सक्छु

रामकृष्ण पौडेल अनायास

मेरो आँसु झर्दा खेरि


रामकृष्ण पौडेल ''अनायास''

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि

गजलकुञ्ज

धरौटीमा छाड बरु

गजल, 

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु 

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

अधरको मुस्कान

गजल, 

जादु रैछ त्यो नजरमा हेरेपछि बहकिन्छु
अधरको मुस्कान तिम्ले फेरेपछि बहकिन्छु

हराउछु आफै भित्र बनाउदै तिम्रो तस्बिर
यो आँखाले मनमा रुप केरेपछि बहकिन्छु

बर्बराउछु एक्लै अचेल सपनीमा हराउदै
आउथ्यौ तिमि आँचलले बेरेपछी बहकिन्छु

रामकृष्ण पौडेल अनायास

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार

मुक्तक

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार
जो पिडित छ उसैकोनै भत्काईदिन्छन घरबार
कस्तो अन्याय सहनु पर्यो प्रभु मैले
टुक्रिएको मुटुमा झन् चलाई दिन्छन तरबार /

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै

गजल

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै
हेर संसार दौडिएको पछि पछि धनका सबै

आलो घाउमा महंगीले बेला बेला छर्दा नुन
कठै भन्ने कोहि छैनन् आफ्ना आफ्ना पनका सबै

दैब पनि हाँसी बस्छ अभागीको घर जल्दा
मलिन देक्छु मैले आज चेहेरा ति जनका सबै

भोको पेट मर्दा यहाँ धनिकै छ चर्चा अचेल
दया माया देखाउने खै छैनन् यहाँ तनका सबै


रामकृष्ण पौडेल 'अनायास'


सल्लाह सुझावको अपेक्षा राख्दछु