Tuesday, May 14, 2013

तारिख झेल्दै थिई फैसला आउदै छ रे


गजल

तारिख झेल्दै थिई फैसला आउदै छ रे
मन भाँडिएकै थियो बरा! सफाई पाउदै छ रे ।

यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थि
मुलुकी ऐन ज्यान मारेको "दफा 28" लाउदै छ रे ।

हिरासतमा पर्दा फुच्ची धरौटिमा छुट्छु भन्थि
आखिर आज बिरहका जेलमा गित गाउँदै छ रे ।

माया गर्नु अपराध होईन भन्दै बाहिर नारा लाउदै
पिरतिको मामिला हो जनमासमा छाउदै छ रे ।

इमान्दार भई अदालतमा सबुत प्रमाण जुटाएर
निर्दोश साबित गराउन कट्घरामा धाउदै छ रे

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

साहित्यको मझेरिमा


यती टाढा किन आउथे चिसो चुलो जलेको भा
चौकिदारी गर्दिन थे खान पुग्ने फलेको भा ||

बाँचुन्जेल खानु न हो मर्दा लानु के नै थ्यो र
आँटो पिठो सबै खान्थे खान्थे ढुङ्गो गलेको भा||

जसो तसो बामे सर्छु साहित्यको मझेरिमा
तिम्रो जस्तै गजल बेच्थे मेरो पनि चलेको भा||


कसरी पो बुझ्छौ तिमी स्वाभीमान भन्ने कुरा
थाहा हुन्थ्यो तिमीलाई तिम्रो शिर ढलेको भा||

मसाल बोकी आए कोही जातित्वको नारा फुक्दै
पक्कै हात सेक्थे होला मेरो झुप्रो बलेको भा||

मेरो मुटु मैसंग थियो

गजल

अध्यारो रात जब ,कमजोर हुन थाल्यो
तिम्रा ति आखाहरु चोर हुन थाल्यो

मेरो मुटु मैसंग थियो तिम्रो तिमिसंगनै
बिजोर मुटु पनि ,जोर हुन थाल्यो

मित्र-भित्रै आगो सल्कियो तनमा मनमा मेरो
बाहिर भने वर्षा घनघोर हुन थाल्यो

थाहा पाय सबैले मेरो चुरा बझ्दा
घर भन्दा बाहिर स्वर हुन थाल्यो


* नयन अधिकारी
भरतपुर

Sunday, May 12, 2013

नमेटिने घाउ दियौ



गीत रचनाकार : सुजन अनिमेश अधिकारी

जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ

सुख तिम्रै भागमा पारी दु:खा आफै खेप्छु भन्थे
तिमीलाई हेरी तिम्रै रूपको मिठो मिठो गीत लेख्छु भन्थे

मायको यो अङ्गालोमा नकसिदै,कलङ्कको तितो नाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ
जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ

भाताभुङगा भो लथालिङगा भो यो मनको तिमी बस्ने दर्बार्
बाच्नु भन्दा मर्नै निको,आउ छातिमा रोपिदेउन तर्बार्


घोचिरहने पोलिरहने बास बस्ने तिमीले कस्तो ठाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ
जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ




मिति:२०६७-९-१६गते

Friday, May 3, 2013

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  
मितिः– 2070।1।20 Firday  Facebook Page
गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Listen & Download 


 Download Here

Monday, April 29, 2013

तिम्लाई सुख परोस् प्रिय ।

गजल

जति मैले गर्थे माया,उस्ले पनि गरोस् प्रिय
बिछोड हुदा दुख्छ थाति तिम्लाई सुख परोस् प्रिय ।

जव बिर्सु भन्दा पनि याद आउछ कसो गरु
आखिर मलाई बिर्साउने तिम्लाईमाया भरोस् प्रिय ।

गुनासो केही छैन मेरो पराईको भयौ भनि
हाँसी खुशि तिम्रो जीवन सयौँ जुनी तरोस् प्रिय ।

मेरो मुटु टुक्रायर अरुकै भर पर्दा तामी
तिम्ले सुख पाउँछ्यौ भने मेरै आँसु झरोस् प्रिय ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर 13,गजलकुन्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु