Tuesday, May 14, 2013

मेरो मुटु मैसंग थियो

गजल

अध्यारो रात जब ,कमजोर हुन थाल्यो
तिम्रा ति आखाहरु चोर हुन थाल्यो

मेरो मुटु मैसंग थियो तिम्रो तिमिसंगनै
बिजोर मुटु पनि ,जोर हुन थाल्यो

मित्र-भित्रै आगो सल्कियो तनमा मनमा मेरो
बाहिर भने वर्षा घनघोर हुन थाल्यो

थाहा पाय सबैले मेरो चुरा बझ्दा
घर भन्दा बाहिर स्वर हुन थाल्यो


* नयन अधिकारी
भरतपुर

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु