Tuesday, May 14, 2013

साहित्यको मझेरिमा


यती टाढा किन आउथे चिसो चुलो जलेको भा
चौकिदारी गर्दिन थे खान पुग्ने फलेको भा ||

बाँचुन्जेल खानु न हो मर्दा लानु के नै थ्यो र
आँटो पिठो सबै खान्थे खान्थे ढुङ्गो गलेको भा||

जसो तसो बामे सर्छु साहित्यको मझेरिमा
तिम्रो जस्तै गजल बेच्थे मेरो पनि चलेको भा||


कसरी पो बुझ्छौ तिमी स्वाभीमान भन्ने कुरा
थाहा हुन्थ्यो तिमीलाई तिम्रो शिर ढलेको भा||

मसाल बोकी आए कोही जातित्वको नारा फुक्दै
पक्कै हात सेक्थे होला मेरो झुप्रो बलेको भा||

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु