Tuesday, May 14, 2013

विजय, प्राप्त गर्दैछु !


कविता


हिज त म हारे, मलाई हार्न नै कर थियो त्यो दिन ! !
किन कि मलाई, मेरो ईज्जत र पाप देखि, डर थियो ! !

आज त् म जित्दैछु, किन कि, म नितान्त निर्दोष छु !
हिज कल्पना गरे, कतै गल्ति पो मेरो हो कि,भनि ! !

केहि दिन बाध्य भएर मौन रहे, त्यो अन्याय सहि !
सुन्ने गर्थे हिज, सत्यको विजय ढिलो हुन्छ भनि ! !

आज ढिलैभए पनि मैले, विजय, प्राप्त गर्दैछु !
अत्याचारलाई तल झार्दै, फेरी अगाडी बढ्दै छु ! !

हिज मेरा बनाईएका ति, निष्कृय आत्माहरु !
आज फेरी बितारै, ताते,ताते गर्दै अगाडी बढ्दै छु ! !

निर्मला जिज्ञाशु [ प्रवास ] ईजराएल

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु